कांग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासन

काठमाडौं । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित गर्ने चेतावनी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जरी गर्दै आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हु्न ।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ता गर्ने समय तोकेको छ । सो समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निकाषित गरिने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएका छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति