कांग्रेस कार्यकर्ताद्वारा पोखरामा आफ्नै पार्टी कार्यालयमा तोडफोड

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका वडा १८ र २४ का असन्तुष्टी पक्षले जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेको छ ।

आफ्नै पार्टी विरुद्ध संघर्ष गर्दै दुई वडाका कार्यकर्ताले जिल्लाको पार्टी कार्यालय करिब ४ बजे तोडफोड गरेको हो ।

उनीहरुले पार्टी कार्यालयको कुर्ची तथा टेवल लगायतका सामान तोडफोड गरेका छन् । असन्तुष्टी जनाएका उनीहरुले आफ्नो वडामा गठबन्धन नगरीकनै चुनाव जित्ने बताउदै आएका थिए ।

पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदकालागि पाँच दलीय गठबन्धनले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापालाई गल्ती सच्चाउन आग्रह गरेका थिए ।

असन्तुष्टी जनाएका कार्यकर्ताले भनेका थिए, ‘कांग्रेस बेच्न पाइदैन । यदि गल्ती नसच्चिए कालो झण्डा देखाउछौ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति