उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ

काठमाडौँ, १५ वैशाख । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् ।

थापानिकट महिला संगठनकी उपाध्यक्षसमेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन् ।

यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए ।

Avatar
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति