काठमाडाै, १५ बैशाख । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए ।
उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई बिस्थापित गरेर बिद्युतिय गाडी बिस्तार गरिने पनि उनको भनाई छ । उनले भने – ‘युवकलाई विदेशमा बेचेर होइन । युवकहरुको देशलाई नेपाल देशमा भएको बिजुलीलाई भारतमा बेचेर हामी मान्छे बेचेर धनि बनाउने भन्ने यो देशको सपनालाई बदलेर हामी बिजुली बेचेर यो देशलाई धनि बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लादैछ । त्यो लानु भनेको प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्याँसको भण्डार कहाँ–कहाँ छ उहाँ भन्न सक्नुहुन्न । तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडी बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ । बिजुली कहाँ छ भन्नुहुन्छ भने नेपालको नदीनालामा गएर हेर्नुहोस् । हामीसँग प्रशस्त बिजुली बनाउन सक्ने खोलाहरु छन् । काठमाडौँको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरु होइन । डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरुलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ ।’ महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिदैँ मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया