कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने चार जना पक्राउ

लमजुङ, १५ वैशाख । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका–५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भइ हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भइ पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह, तनहुँ म्याग्दी नगरपालिका–४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका–५ बस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ बस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका–५ बस्ने २४ वर्षीय मनिष पुर्जासहित सात जना रहेका छन् ।

आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दीलबहादुर घर्तीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । घर्तीसहित घटनामा संलग्न रहेका भारत घर भइ हाल पोखरा बस्ने ५० वर्षीय पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भारत घर भइ हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेस कुमार साहले आयोजनाका फलामको पाइप काट्न लागि पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।

उनीहरूलाई ट्रक तथा फलाम काट्ने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति