खेलाडीको पक्षमा बोल्दै कप्तान किरणले भने- प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

काठमाडौँ, १५ वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् ।

हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने, “राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ ।”

यसअघि एसियन कप २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको विषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउँदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए ।

यस्तै, किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सही नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राखेका हुन् ।

“राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैँ खेलाडीको पक्षमा छु । जय नेपाल,” किरन भन्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति