नेप्से १५ अङ्कले घट्यो, कारोबार रकम घटेर एक अर्बमै सीमित

काठमाण्डौ, १३ बैशाख । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो सोमवार झन्डै ३५ अङ्कले घटेको नेप्से आज १५ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय २८ वटा कम्पनीका ३४ लाख १९ हजार कित्ता शेयर एक अर्ब चार करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिद्धार्थ बैंकको चार करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज हिमालयन पावर पार्टनर र मल्टिपर्पोज फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति