कमलामाईको उपमेयर उम्मेदवार श्रेष्ठसहित १० जनाको उम्मेदवारी दर्ता हुन सकेन

सिन्धुली । कमलामाई नगरपालिकाका उपमेयरका उम्मेदवार दीर्घराज श्रेष्ठ सहित १० जनाको उम्मेदवारी दर्ता हुन सकेको छैन ।

मंगलबार दिनको १ः१० बजेको समयसम्म माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार बनेका श्रेष्ठसहितको उम्मेदवारी दर्ता हुन नसकेको हो ।

श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार, श्रेष्ठको नाम समानुपातिक प्रणलीको बन्द सूचीमा रहेको हुँदा नाम दर्ता हुन सकेको छैन ।

अन्य उम्मेदवारहरुको भने प्रस्तावकको विवरण नभिडेकाले दर्ता हुन नसकेको बताइएको छ ।

उपमेयर श्रेष्ठको नाम जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सूचीमा थियो । उनी भने केही हप्ताअघि मात्र जसपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए ।

अब जसपाले बन्द सूचीबाट उनको नाम हटाइदिए मात्र उपमेयर उम्मेदवार हुन पाउनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति