सडक दुर्घटनापछि ट्रक चालकलाई निर्घाट कुटपिट गर्ने पक्राउ

पोखरा । सडक दुर्घटनापछि ट्रक चालकलाई निर्घात कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार कास्ककिो फिर्के पुलस्थित पोखरा–बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना भएको थियो । सो दुर्घटनापछि मोटरसाइकल चालकले ट्रक चालकलाई कुटपिट गरेको भिडियो भाइरल बनेको थियो ।

सो सूचनापछि प्रहरीले पोखरा लामाचौर बस्ने ४३ वर्षी मिनबहादुर मगरलाई पक्राउ गरेको छ ।

पक्राउ परेको मिनबहादुरलाई थप अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति