टिकट वितरणमा कांग्रेस नेता गुरुराज घिमिरेको असन्तुष्टि

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले असन्तुष्टि जनाएका छन् ।

पैसा र गुट शक्तिका आडमा कांग्रेसले उम्मेदवार चयन गरेको भन्दै नेता घिमिरेले पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय भएको बताएका छन् ।

स्थानीय निर्वाचनपछि सक्रिय राजनीतिबाट बिदा लिने मनस्थिति बनाएको समेत उनको भनाइ छ ।

टिकट वितरण गर्न बसेको प्रदेश नम्बर १ पार्टी संसदीय समिति बैठकबाट पनि उनी असन्तुष्टि जनाउँदै बाहिरिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति