मनमोहन अधिकारी आँखामा हाले पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो : ओली

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता नभेटेको बताएका छन् ।

मंगलबार मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको २४औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,” उनले भने,“नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिस्ट हुनुहुन्थ्यो ।”

पार्टी स्थापना हुनुभन्दा अघि नै मजदुरको हक अधिकारका लागि लडेको र भारतबाट ब्रिटिस भगाउ आन्दोलनमा लागेको ओलीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति