काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी, कुन महानगरमा कति ?

काठमाडौँ/ सबैभन्दा बढी मतदाता भएको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेको संख्या ५६ रहेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा (एमाले)बाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत ५६ जनाले उम्मेदवारी दिएका हुन् ।

चितवन भरतपुर महानगरपालिकाको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीकी रेणु दाहाल, एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदीसहित ३० जनाले मेयरमा उम्मेदवारी दिएका हुन् ।त्यस्तै, पोखरा महानगरपालिकाको मेयरमा २४ जनाले उम्मेदवारी दिएका छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा १३, वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । महानगरपालिकामध्ये सबैभन्दा कम मेयरको उम्मेदवारी विराटनगरमा परेको छ ।

यहाँ ११ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । सोमबार ५ बजे सम्पन्न भएको मनोनयन दर्ताको कागजात मिलाउने र तथ्यांक केलाउने काम चलिरहेको आयोगले जनाएको छ । ९ बजेसम्मको उक्त तथ्यांक रहेको र त्यसमा अझै उम्मेदवार संख्या थपिन सक्ने आयोगको अनुमान छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति