एकीकृत समाजवादीले खाता खोल्यो, २ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा९एकिकृत समाजवादी०ले खाता खोलेको छ ।

समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवादीका उप महासचिव प्रकाश ज्वालाले दिएको जानकारी अनुसार काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तै, डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति