नेप्से आज झन्डै ३५ अङ्कले घट्यो, २ अर्ब ४ करोडको कारोबार

काठमाण्डौ, १२ बैशाख । हिजो आइतवार ९६ अङ्कले बढेको नेप्से आज भने घटेको छ । नेप्से आज ३४ दशमलव ९५ अङ्कले घटेर दुई हजार तीन सय ८६ दशमलव शून्य एक विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३९ वटा कम्पनीका ५० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब चार करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको आठ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सेन्ट्रल फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घट्दा पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति