पोखरामा गठबन्धन र एमालेका तर्फबाट उम्मेदवारी दर्ता

कास्की, १२ बैशाख । पोखरा महानगरपालिकामा नेपाली कांग्रेससहितका पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता भएको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेकाे हो । उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहनाअनुसार समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए । प्रमुख दलसहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति