काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसले तीन महानगरपालिकाको उपमेयरको उम्मेदवार टुंग्याएको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाइएको छ । वीरगञ्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई टिकट दिइएको छ । सत्तारुढ दलहरुबीच भागवन्डा गर्दा भरतपुर महानगरको मेयर माओवादी केन्द्र, वीरगञ्जको मेयर जनता समाजवादी पार्टी र पोखराको मेयर एकीकृत समाजवादीले पाएको थियो । तीनवटै महानगरमा कांग्रेसले भने उपमेयर लिएको थियो ।
प्रतिक्रिया