चितवन, १२ वैशाख । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।
आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारीको सालिक र क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् । भरतपुर महानगरको प्रमुखमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई समर्थन गरेको छ । कांग्रेसका संस्थापक नेता कोइरालाको सालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान खिच्ने प्रयासको रणनीतिको रूपमा चर्चा हुन थालेको छ ।
प्रतिक्रिया