काठमाडौँ मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति