समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकांक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले मार्क्सवाद र लेलिनवादका आदर्शलाई त्यागेका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको प्रष्ट पारे ।

पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्तिले नेतृत्व गर्दा पुष्पलालले विद्रोह गरी पुनः कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थपना गरेको स्मरण गर्दै उनले अहिले आफूले पनि कम्युनिस्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको बताए ।

अध्यक्ष नेपालले पार्टीले स्थापनाको छोटो कार्यकालमा अहिले देशभर जिल्ला कार्यसमिति निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय तहका साथै अधिकांश वडामा संगठन विस्तार भएको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति