फेरि सर्‍यो काँग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौं, १० बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सरेको बुझिएको छ । सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सहमति हुन नसकेपछि अहिले छलफल चलिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति