नेपाल आइपुग्यो अमेरिकी सांसदको प्रतिनिधिमण्डल

काठमाडौं, ९ बैशाख र अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगेका छन् ।

नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो ।

अमेरिकी संसदीय टोलीको नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमण लगायतका विषयमा पनि छलफल हुनेछ ।अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । टोली पर्सि नेपालबाट फर्किने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति