सर्लाही, ९ बैशाख । सर्लाही बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका छन् ।
वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए । ‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, मण्डलले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।
’उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि बताए । वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ ।तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्योे पनि आफूलाई थाहा नभएको उनले बताए ।
प्रतिक्रिया