सत्ता गठबन्धन जाेगाउँदै काँग्रेसभित्र महानगर र उपमहानगरको भागबण्डाः केन्द्रभन्दा प्रदेशमा सन्तुलन मिलाउन कठिन

काठमाडौं, ९ बैशाख । सत्तामा रहेकाे नेपाली काँग्रेस भित्र महानगर र उपमहानगरको भागबण्डा केन्द्रमा सहमति भएतापनि कार्यान्वयन तह प्रदेशमा सन्तुलन मिलाउन कठिन परेकाे देखिन्छ ।

नेपाली काँग्रेसभित्र आसन्न स्थानीय तह निर्वाचनको टिकट वितरणको चर्को हिसाब किताब भइरहेको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच पालिका प्रमुख–उपप्रमुखको टिकटका लागि हानथाप रहेकाे छ । सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगिएपछि काँग्रेसमा आन्तरिक भागबण्डाबारे छलफल सुरु भएको छ । यसबारे बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस शीर्ष नेताबीच छलफल भएका थियोे । आज पनि बालुवाटारमा भएको छलफलमा भागबण्डामा कुरा नमिल्दा आजका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको छ । उक्त बैठक शनिबार ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महानरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवार तय गर्ने प्रवक्ता प्रकाशशरण महतको भनाइ छ ।

सत्ता गठबन्धनभित्र चुनावी तालमेलका क्रममा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा काँग्रेसले गठबन्धनबाट साझा उम्मेदवारी दिनेछ । महानगरपालिकाको मेयर–उपमेयरका लागि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र शेखर कोइराला पक्षबीच हानथाप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति