कांग्रेसको निर्वाचन परिचालन उपसमितिमा संयोजकहरु तोकिए

काठमाडौँ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत गठित उपसमितिहरुमा संयोजकहरु मनोनयन गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णय अनुसार केन्द्रीय परिचालन समिति अन्तर्गत गठित उपसमितिहरुमा संयोजक मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति मीनबहादुर विश्वकमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, प्रदिप पौडेल अनुगमन, मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, मदनबहादुर अमात्य शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, उदय शम्शेर राणा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जीतजंग बस्नेत जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र रामहरी खतिवडा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिका संयोजक तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति