नेपालकाे आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहनेः विश्व बैंक

काठमाडौं, ८ वैशाख । सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेको चालु आर्थिक वर्ष २०७८/७९ मा बहुराष्ट्रिय दातृ निकायहरुले भने त्यसको आधा मात्र प्राप्ति हुने प्रक्षेपण गरिरहेका छन् ।

यसमा विश्व बैंकले अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले गत पुसमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो । बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो । ६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति