मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धन

काठमाडौँ, ७ वैशाख । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटनक्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो । पाटा नेपाल द्धारा आयोजना गरिएको ‘मास्टसेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रुपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रुपमा नबिल बैंक र हेल्थ पार्टनरको रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् । त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, सिद्धार्थ ग्रुप अफ होटल, जंगल सफारी रिसोर्ट, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, रामदेव आयल र हाइग्राउण्ड एडभेन्चरलेसमेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका थिए । चर्चित सेलीब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यहरुमा मौलिक खानाको अवलोकन, अन्वेषण एवम् प्रवद्र्धन गर्नुु कोभिड १९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत पाटा नेपालद्धारा आयोजना गरिएको एक आकर्षक तथा समयानुकूल पहलको रुपमा लिइएको छ ।

मास्टर सेफहरुको नेपाल भ्रमण तथा गतिविधिहरुबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृति समेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारी पश्चात नेपाली पर्यटन क्षेत्र पुुर्ण रुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्धितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रबाह हुुनुुका साथै मास्टरसेफहरुको सामाजिक सञ्जाल तथा नेटवर्कमा आवद्ध समुुदायमाझ नेपाल गन्तव्यको प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुगेको छ । त्यसैगरी, मास्टरसेफहरुले नेपाली युवा सेफहरु तथा हस्पिट्यालिटी बिद्यार्थीहरुलाई नेपाली खानामा नविनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवर्धनमा आबद्ध हुन समेत प्रेरित गरेका छन । सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन नेपाली प्रचलनमा रहेका शब्दहरुको प्रयोग गर्दै आएका सन्दर्भमा कुनैपनि सभा समारोहमा उत्सवको रुपमा खानपीन सुरु गर्दा उच्चारण हुने अंग्रेजी शब्द ‘चीयर्स’ को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकहरुलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवर्धन हुने बताउदै ‘आयला’ सम्बन्धित सन्देशमुलक प्रचारात्मक भिडियो समेत सार्वजनिक गरेका छन् । पाटा नेपाल च्याप्टरले पाटा अन्तर्राष्ट्रिय च्याप्टरहरु, नेपाल वायुसेवा निगम तथा अन्तर्राष्ट्रिय एयरलाइन्स, पर्यटन बोर्ड लगायत अन्य निजी तथा सरकारी साझेदार संघसंस्थाहरु सँगको समन्वय र सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय स्रोत बजारहरुमा आयोजना गर्ने गन्तव्य प्रवद्र्धनसँगै नेपाली मौलिक खानाको प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहको संलग्नता र सहयोगमा ‘ नेपाल वल्र्ड फुड टुर’ कार्यक्रम समेत आयोजना गरिने बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board