३६ अङ्कले घटेर नेप्से राताम्मे, १ अर्ब ४५ करोडको कारोबार

काठमाण्डौ, ७ बैशाख । शेयर बजार आज बुधवार ३६ अङ्कभन्दा धेरैले घटेको छ । हिजो मङ्गलवार १३ अङ्कले बढेको नेप्से आज ३६ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय २० दशमलव ५१ विन्दुमा झरेको हो ।

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा, होटल र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २८ कम्पनीका ३५ लाख ७० हजार कित्ता शेयर एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर र युनियन हाइड्रो पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति