काठमाडौं, ७ चतै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन्।सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्।
पत्रकारहरुसँग छोटो कुराकानी गर्दै उनले ‘गभर्नर र अर्थमन्त्री भन्ने ब्यक्तिगतभन्दा पनि संस्था हो’ भन्दै उनले अहिले विकास भएको घटनाक्रमबाट काममा प्रभाव पर्न नदिन सतर्क रहेको बताए।
उनले सञ्चार माध्यमहरुले राष्ट्र बैंकको गभर्नरलाई ब्यक्तिगत रुपमा भन्दा पनि संस्थाको स्वायत्तता जोगिनु पर्छ भनेर जुनखालको ऐक्यवबद्बता ब्यक्त गरेको भन्दा धन्यबाद ब्यक्त गरे।
सरकारले गभर्नरमाथि छानबि गर्न भन्दै चैत २४ गतेबाट निलम्बन गरेको थियो। त्यसबिरुद्ध बैशाख ४ गते सर्बोच्च अदालत गएका गभर्नरको पक्षमा फैसला दिँदै अदालतले छानबिन समितिलाई नै निलम्बन गरिदिएको छ।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ।
प्रतिक्रिया