एमाले अध्यक्ष ओलीले आज १२ सय युवासँग अन्तरक्रिया गर्दै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका १२ सय युवासँग अन्तरक्रिया गर्ने भएका छन् ।

ललितपुरको गोदावरीस्थित सूर्योदय हलमा दिउँसो १२ बजे ओलीले पेशागत क्षेत्रका करिब युवाहरूसँग देशको समसामयिक परिस्थितिको विषयमा अन्तक्रिया गर्न लागेका हुन् ।

अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाहरुले आफ्नो धारणा राख्ने ओलीको सचिवालयले जनाएको छ ।

वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्न लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति