भागबण्डा टुंग्याउन गठबन्धनको ‘निर्णायक बैठक’ आज

काठमाडौं, ७ बैशाख । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्तागठबन्धनको भागबण्डा टुंग्याउनका लागि आज फेरि बैठक बस्दैछ । आजको बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।

हिजो अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ । ६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एकवटा दिने सहमति भएको बताइएको छ ।

त्यस्तै ११ मध्ये ७ वटा उपमहानगर कांग्रेसले राखेर बाँकी चारवटा बाँड्ने सहमति भएको छ ।आजको बैठकले कुन महानगर र उपहानगरको उम्मेदवार कुन दलले पाउने भन्ने टुंगो लाग्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति