जनमत पार्टीले जनकपुरधामको मेयरमा अनितालाई उठाउने

जनकपुरधाम, ७ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिले १ सय ११ वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको छ ।

मंगलवार जनमतको बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा पार्टीको केन्द्रीय सचिव समेत रहेकी अनिता देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरिएको डा। सीके राउतको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार जनमत पार्टीले ३० जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारहरूबाट १ सय १० वटा पालिकाको प्रमुख, उपप्रमुखरअध्यक्ष उपाध्यक्ष सहितको पदाधिकारीको टुंगो लगाएको थियो । जनमतले निर्णय गर्न बाँकी रहेका वा दाबी विरोधबाट ‘विचाराधीन’ अवस्थामा पुगेका उम्मेदवारहरू बारे निर्णय पछि गरिने पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले जनाएको छ ।

जनमत पार्टीले वैशाख ७ र ८ गते जनकपुरधाम, विराटनगर र भैरहवाबाट वडाध्यक्षको टिकट वितरण गर्ने उनले जानकारी दिएमा छन । उनले विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहे पनि एक ढिक्का भएर उत्साहका साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति