नेप्से १३ अङ्कले बढ्यो, १ अर्ब ३२ करोडको कारोबार

काठमाण्डौ, ६ बैशाख । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो । नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि दिव्येश्वरी हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति