बम विस्फोटः ६ जनाको ज्यान गयो, केही घाइते

काठमाडौ, ६ बैशाख । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फोट गराएका छन् । घटनामा कम्तीमा ६ जनाको ज्यान गएको र अरू केही घाइते भएका अधिकारीहरूले आज जनाएको छ ।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो । दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति