काठमाडौं, ५ बैशाख । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेको छ।आज बिहान बसेको बैठकमा महानगर र उपमहानगर भागबन्डा गर्नेबारे छलफल भइरहेको छ।प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेता र रामचन्द्र पौडेल संयोजक रहेको चुनावी समितिका सदस्यहरू बैठकमा सहभागी छन्।
छ महानगरमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिन गठबन्धनभित्र प्रस्ताव छ। पोखरा एकीकृत समाजवादीले दाबी गरेको छ भने भरतपुरमा नेकपा माओवादी केन्द्रको दाबी छ।जसपाले वीरगञ्जको मेयर दाबी गरेको छ। ११ उपमहानगरहरूमा पनि दलहरूले आफ्ना दाबी पेश गरेका छन्।
पाँचदलीय गठबन्धनले मेयर र उपमेयरमा भागबन्डा गर्न लागेका छन्। ०७४ को मतभार हेरेर चुनावी गठबन्धन गर्ने तयारी छ।वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
प्रतिक्रिया