इन्जिनकाे समस्याले लुक्ला उडेको विमान १५ मिनेटमै फिर्ता

काठमाडौँ, ४ वैशाख । इन्जिनमा समस्या आएपछि लुक्लाका लागि उडेको समिट एयरको विमान १५ मिनेटमै काठमाडौं फर्किएर सकुशल अवतरण गरेको छ ।

कल साइन एनएएमपी विमान ११ बजेर ५ मिनेटमा उडेको र उड्ने बित्तिकै बायाँ इन्जिन समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनका भरमा काठमाडौंमा सकुशल अवतरण गराएको छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेका थिए । विमान अवतरणका बेला विमानस्थलको इमर्जेन्सी सर्भिस एक्टिभ भएको थियो । उक्त बेला दमकल र सुरक्षा प्रबन्धसहित सबैलाई तयारी अवस्थामा राखिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति