काठमाडौं, ४ बैशाख । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरमा माओवादीले काँग्रेसलाई छोडनुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा धारणा राख्दै महामन्त्री शर्माले दुवैले नछाड्ने अवस्था आए ञमित्रवत् प्रतिस्पर्धाझ को विकल्पमा जानुपर्ने बताएका हुन् ।उनले भने, ०७४ मा काँग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो माओवादी चाहन्छ यो पटक पनि काँग्रेसले सघाउनु पर्छ हामी चाहन्छौँ यो पटक माओवादीले काँग्रेसलाई छोड्नुपर्छ नयाँ र तेस्रो विकल्प भनेको दुवैले नछाड्ने अर्थात नयाँ विकल्प मित्रवत् प्रतिस्पर्धा महामन्त्री शर्माले भने, नितान्त व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो दृष्टिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो तर निजात्मक बुझाई, भावनात्मक आवेग र धरातलीय यथार्थ बीच जो फरक हुन्छ , त्यही गाम्भीर्यताले तालमेलको तर्कमा म सुरुमै सहमत भएको हुँ हाम्रो निर्णय गठबन्धन होइन ( तालमेल मात्र हो त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरूप मात्र ित्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरको मेयर काँग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा गर्ने हो ।
महानगरपालिका एवं उप महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको उम्मेदवारका सम्बन्धमा केन्द्रीत आजको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के।सी।, प्रवक्ता डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर के।सी।, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा। नारायण खड्का, जीपछिरिङ लामा, एन।पी। साउँद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानाले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया