सत्ता गठबन्धनमा पहिरो जान थाल्यो : उपमहासचिव ज्ञवाली

काठमाडौँ, ३ बैशाख । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरुभित्रै पहिरो जान सुरु गरेको बताएका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिरहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।

एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटक-पटक दोहोए ।

गठबन्धनका लागि नेपालगन्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए ।

उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको बताए । उपमहासचिव ज्ञवालीले भने, ‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठ्यारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दबाब सिर्जना गर्न खोज्या छन् । त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु ।

पहिलो कुरा, गठबन्धन कुनै शक्तिको, सवलताको, सक्षमताको प्रतिक होइन, यो दूर्वलताको प्रतिक हो । बलियोले लट्ठी टेक्दैन । बलियोले बैशाखी टेक्दैन । कमजोरले मात्रै बैशाखी वा लट्ठीको सहारा लिन्छ, कमजोरले मात्रै गठबन्धन गर्छ ।

उनले गठबन्धनलाई कुनै पनि भयको रुपमा लिन जरुरी नरहेको बताए । विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौं । उनीहरुले जतिसुकै प्रयास गरे पनि गठबन्धन तलसम्म एकताबद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन् । गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ ।

उनले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीयरुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोहीअनुसार तयारीमा जुट्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति