पार्टीहरू असफल भएर राजा आउने होइन, एउटा पार्टी असफल भए अर्को आउँछ – कमल थापा

काठमाडौँ, ३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले विभिन्न कारणले राजाको एजेन्डा छोडेको बताएका हुन् ।

पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका हुन । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका छन्, पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ ।त्यस्तै राजतन्त्र फर्कने विभिन्न कारण रहे पनि अहिले ती सबै बाटाहरू बन्द भएको उनले बताएका छन् । राजा फर्कने अरु नै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए ।अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।

असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन, थापाको भनाइ छ ।एमालेसँगको चुनावी तालमेलबारे अहिले आफूले गाली खाइरहे पनि आफू बलियो घर बनाउने अभियानमा रहेको थापाको भनाइ छ । मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।अहिले गालीगलौज र आरोपहरु खेपेर भए पनि तपाईंहरुका लागि म बलियो घर बनाएर राखिदिनेछु।पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्, थापाले भनेका छन् ।

आगामी स्थानीय तहको चुनावमा थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चिह्नमा उठ्ने गरी नेकपा एमालेसँग तालमेलको सहमति गरिसकेको छ ।राप्रपा नेपाल र परिवार दलले एमालेसँग तालमेल गरी स्थानीय तह चुनावमा उत्रने सहमति गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति