काठमाडौँ, २ बैशाख । वैदेशिक रोजगारीको शिलशिलामा परवासमा बस्दा भोग्ने यावत समस्यालाई समेटेर तयार पारिएको लघु फिल्म ‘आधा सपना’ सार्वजनिक गरिएको छ ।
मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘आधा सपना’ मा परदेशी जीवनको बास्तबिक भोगाई अनि यथार्थ पीडालाई भिडियोमा देखाउन खोजेको निर्माता तथा निर्देशक तुला पर्वतले बताए । विदेशमा बस्दा, काम गरुन्जेली नै आफ्नो तन, मन सबै नेपालमा नै हुने , आफ्नो र विदेशमा बस्ने नेपाली दाजुभाईको भोगाईलाई जस्ताको त्यस्तै लघु चलचित्र ‘आधा सपना’ मार्फत देखाउन खोजेको निर्देशक तुला बताउँछन् । मकाउँका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको लघु चलचित्रमा सुरज अधिकारी , अमृत भण्डारी , सुस्मिता भण्डारी , सन्दीप लामिछाने र सिता पौडेलको अभिनय देख्न सकिन्छ । वाइडस्क्रिन मिडिया मार्फत बजारमा ल्याइएको ‘आधा सपना’ मा निर्देशक तुलाकै छायांकन, सम्पादन, र संगीत रहेको छ ।
प्रतिक्रिया