काठमाडौं, ३० चैत्र । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगञ्जको मेयरको उम्मेदवारमा विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरेको छ।केही साताअघि मात्रै जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका सरावगीलाई वीरगञ्ज महानगर कमिटीको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो।

एमाले वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले प्रमुखको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत ले सिफारिस गर्ने निर्णय गरेको छु, एमाले वीरगञ्ज महानगर उपध्यक्ष महेश दासले भने।अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई मेयरको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।
उनको प्रस्तावमा उपाध्यक्ष महेश दासले समर्थन जनाएका थिए।जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए। उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका थिए। मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको बताएका थिए।
प्रतिक्रिया