जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न नमिल्ने निर्वाचन आयोगको स्पोष्टोक्ति

काठमाडौं, ३० चैत्र । जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै उम्मेदवारी स्वीकृत गर्न मिल्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । राजीनामा दिएर मात्र निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको निवेदनमाथि भ्याकेट निवेदन लिएर आज सर्वोच्च पुगेको आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिए खारेज हुन सक्ने पनि चेतावनी दिएको हो ।आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो ।

आयोगका आचारसंहिताविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत्र ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

शेर्पाको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इलजासले आचारसंहिताको बुंदा कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशको २१ दिन पछि आयोगले रिटको विरुद्ध उक्त आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गराएको हो ।आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै आगामी स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधीले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने आचारसंहिता लागु गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति