काठमाडाै, ३० चैत । हिजाे चैत्र २९ गते इन्डिकाे एयरको उडानद्वारा काठमाण्डौंबाट भारतको दिल्ली जान लागेका यात्रु भारतीय नागरिक आधार कार्ड नम्बर ४५३९७५३४०९८३ वाहक वर्ष ३२ को कनैयाँ लालले लिई आएको डेल लेखिएको कालो रंगको पछाडी भिर्ने ह्याण्ड व्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा चेकजाँच गर्ने क्रममा उक्त व्याग भित्र हरियो प्लाष्टिक भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया ५०० दरको थान- २१७ (दुई सय सत्र) ले जम्मा भारतीय रुपैया १,०८,५००।– (एक लाख आठ हजार पाँच सय मात्र) र नेपाली रुपैया १००० दरको थान ६१४ (छ सय चौध) र ५०० दरको थान-८० (असी) ले जम्मा नेपाली रुपैयाँ ६,५४,०००।– (छ लाख चौवन्न हजार मात्र) लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको बताएकाे छ ।
अवैध मुद्रा सहित भारतीय नागरिक पक्राउ
प्रतिक्रिया