२५ अर्ब डलरभन्दा धेरैको रुसी सम्पत्ति फ्रान्सद्वारा जफत


फ्रान्स , ३० चैत्र । करिब २५ अर्ब डलरभन्दा धेरैे मूल्यको रुसी सम्पत्ति फ्रान्सले जफत गरेको छ ।


रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसी सम्पत्ति जफत गरिएको मंगलबार फ्रान्सको अर्थमन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार २२ अर्ब ७० करोड युरो अर्थात् २५ अर्ब ६० करोड अमेरिकी डलरबराबरको सम्पत्तिमध्ये अधिकांश सम्पत्ति रुसी केन्द्रीय बैंकको छ। रुसी केन्द्रीय बैंकसँग सम्बन्धित २२ अर्ब ८० करोड युरोबराबरको सम्पत्ति जफत गरिएको छ । त्यस्तै करिब ५७ करोड ३६ लाख युरो मूल्य रहेको ३३ वटा रियल स्टेट सम्पत्ति जफत गरिएको साथै तीनवटा नौका, ६वटा हेलिकोप्टर पनि जफत गरेको छ ।

युक्रेनमा आक्रमण गरेपछि ईयूका मुलुकले कडा प्रतिबन्ध लगाएका छन् । साथै रुसमाथि प्रतिबन्ध लाग्ने क्रम पनि बढ्दो छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति