काठमाडौँको फोहोर उठ्न अझै केहि दिन लाग्ने

काठमाडौँ, ३० चैत। काठमाडौँको फोहोर उठ्न अझै केहि दिन लाग्ने देखिएको छ । झन्डै एक सातादेखि थुप्रिएको फोहोर आगामी केही दिनसम्म सफा नहुने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

तीनपिप्लेमा स्थानीयले फोहोरका कन्टेनरलाई सिसडोलस्थित डम्पिङ साइटमा लैजान नदिएपछि फोहोर व्यवस्थापन अनिश्चित बनेको हो।
राति २ देखि बिहान ८ बजेसम्म मात्र केही कन्टेनर सिसडोल लैजाने गरिएको छ । बिहान ८ बजेपछि पुगेका कन्टेनर तीनपिप्लेबाट फर्काउने गरिएको छ । आइतबार र सोमबार ३४० कन्टेनर फोहोर सिसडोल लैजान सकिएको छ । काठमाडौँ महानगरपालिकाको भित्री सहरको फोहोर टेकुमा व्यवस्थापन गरिएको छ ।

तीनपिप्लेमा स्थानीयले बाटो मर्मतको माग गरिरहेका छन् । पासाङ ल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशूली–छहरे–तीनपिप्ले सडक खण्ड विगत आठ वर्षदेखि मर्मत नभएको भन्दै स्थानीय संयुक्त सङ्घर्ष समितिले फोहोरका कन्टेनर सिसडोल लैजान दिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति