खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त

भक्तपुर, २९ चैत । खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ ।

यसअघि अध्यक्ष नियुक्त हुनुभएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो । उनलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ । थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति