नेपालमा विदेशी मुद्रा अभाव टार्न गैरआवासीय नेपालीले हजार डलर पठाउने


काठमाडौं , २९ चैत्र । गैरआवासी नेपालीहरुले विदेशी मुद्राको सञ्चिति क्रमशः कमजोर हुँदै गएकोले नेपाललाई हजार डलर पठाएर सहयोग गर्ने भएका छन् ।


गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसका लागि अर्थमन्त्रीदेखि राष्ट्र बैंकका पदाधिकारीसँग समेत उनीहरुले छलफल गरेको बताइएको छ । बैठकले उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरी कार्यदल गठन गरेको जनाएको छ।


नेपाली बैंकमा गैरआवासीय नेपालीलाई डलर खाता खोल्न लगाई सम्बन्धित देशको बैंकबाट उक्त खातामा डलर ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको थियो । त्यसका लागि आवश्यक प्रक्रिया मिलाउन सरकारलाई अनुरोध गरेको संघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति