गठबन्धनले आज तालमेलको मोडालिटी टुंगाउने

काठमाडौं, २९ चैत्र । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ। त्यसका लागि मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिएका छन्।

गठबन्धनले तालमेलको खाका बनाउन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको चुनावी संयन्त्र समेत बनाएको छ। यो समितिले तल्लो तहको सिफारिसको आधारमा उम्मेदवार टुंग्याउने बताइएको छ।

गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि मंगलबार तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो।

अपीलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति