आईपीएलमा राजस्थान लखनउलाई पराजित गर्दै शीर्ष स्थानमा


काठमाडौं , २८ चैत । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित निकालेको छ ।


लखनउ सुपर जाइन्ट्सलाई राजस्थान रोयल्सले आइतबार राति मुम्बइमा भएको खेलमा ३ रनले हराउँदै तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो ।


राजस्थानका लागि शिम्रन हेटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । देवदूत पडिकलले ३९, रविचन्द्र आश्विनले द्दड रनको योगदान गरे । लखनउका जासन होल्डर र कृष्नपा गोथामले २/२ विकेट लिए ।


राजस्थान यो जितसँगै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति