श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ


उदयपुर , २८ चैत । श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ ।


कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई हत्याको अभियोगमा पक्राउ गरिएको हो । दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको प्रहरीले जनाएको छ । अहिले उनलाई प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति