गठबन्धन शीर्ष बैठक अपडेट : संयुक्त अपिल जारी गर्ने, तालमेलको मापदण्ड तयार हुँदै

काठमाडौं, २८ चैत्र । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बालुवाटारमा जारी बैठकमा चुनावी तालमेलको मोडलबारे छलफल भइरहेको छ ।आजै नेतृत्वले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् ।

आसन्न स्थानीय चुनावमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच खटपट देखिएपछि संयुक्त अपिल जारी गर्न लागिएको एक नेताले जानकारी दिए ।बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तालमेलका लागि मापदण्डबारे छलफल भइरहेको जानकारी दिएका छन् ।‘स्थानीय तहमा गठबन्धन गर्ने मापदण्ड बनाएर सबै स्थानीय तहमा सर्कुलर गरिनेछ ।

साथै आजै संयुक्त अपिल पनि जारी हुन्छ’, बैठक चलिरहँदा श्रेष्ठले भने ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति